Logo

स्वास्थ्य क्षेत्रमा कञ्चनरूप मधेस प्रदेशमा तेश्रो ,जिल्लामा दोश्रो 

                     
Logo ३० आश्विन २०७९, आईतवार ०८:३१    

कञ्चनरूप । मधेस प्रदेशका आठ जिल्ला मध्ये  सप्तरीको कञ्चनरूप नगरपालिका स्वास्थ्य क्षेत्रमा तेस्रो स्थानको लागी पुरस्कृत भएको छ ।

मधेश प्रदेशभरिका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरूको आधारमा कञ्चनरूप नगरपालिका तेश्रो भएको घोषणा गरिएको हो।

जनकपुरमा आयोजित आयोजित आश्विन २७,२८ र २८ गते तीत दिने  २०७८/०७९ सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय  वार्षिक समीक्षा गोष्ठीमा कञ्चनरूप नगरपालिका मधेश प्रदेशमा  तेश्रो क्षेत्रमा तेस्रो स्थान हासिल गरेको भन्दै पुरस्कृत गरेको बताइएको छ ।

स्वास्थ्य क्षेत्रमा पालिकाहरूलाई ४२ नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ३९ अङ्क प्राप्त गर्दै कञ्चनरूप नगरपालिका तेश्रो भएको कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बताए । 

जनस्वास्थ्य अधिकृत यादवका अनुसार सप्तरीकै छिमेकी हनुमाननगर कंकालिनी नगरपालिका प्रथम र सर्लाहीको हरिवन नगरपालिका दोस्रो भएको जनाएका छन ।

गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायतको सूचकका आधारमा नम्बर दिइएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएकोछ ।

स्वास्थ्य क्षेत्रको कार्य सम्पादनका आधारमा मधेश प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये कञ्चनरूप नगरपालिका तेश्रो भएको हो भने जिल्लाका १८ स्थानीय तह मध्ये कञ्चनरूप दोश्रो भएको हो ।

स्वास्थ्य क्षेत्रमा मधेस प्रदेशमै तेश्रो भएकोमा कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेनुका शाह र कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवलाई दोसल्ला ओढाएर सम्मान गरीएको  थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?