
कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाले डेंगु रोगको लागि लामखुट्टे नियन्त्रण गर्न विषादी छर्कने कार्यको सुरुवात गरेको छ । स्वास्थ्य शाखाको आयोजनामा लामखुट्टे नियन्त्रणको लागि विषादी छर्कने कार्यको वडा नं. ८ बाट शुरु गरिएको छ ।




नगरपालिकाको ८ नं. वडाबाट लामखुट्टे नियन्त्रणका लागि विषादी छर्किने अभियान क्रमश अन्य १२ वटै वडामा छर्कदै जाने अभियान रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सेवक यादवले बताएका छन ।
डेँगुको लार्भा नष्ट गर्नको लागि बिभिन्न वडाहरूमा विषादी छिटेर नगरवासीको सुरक्षाका लागि सतर्क रहन समेत आग्रह गरेको बताए ।

कञ्चनरूप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले डेंगु रोग नियन्त्रण गर्न १२ वटै वडामा औषधी छिट्ने व्यवस्था मिलाएको बताए ।
नगरको क्षेत्र भित्र डेँगुका बिरामी समेत देखा परेको हुदाँ सो रोगको नियन्त्रणको लागि तत्काल लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्न वडाध्यक्ष, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मीको टिम सहित टोली गठन गरी नगरपालिका क्षेत्र भित्रका विभिन्न स्थानमा रहेका लामखुट्टेको लार्भा नष्ट गरिने नगर प्रमुख गुप्ताले बताए ।
विषादी छर्कने कार्य नगरप्रमुख ललन प्रसाद गुप्ता र उप प्रमुख मुना कुमारी पोखरेलले गरेका थिए ।
नगर प्रमुख गुप्ताको पहलमा नगरपालिकालाई ६० ड्रम डेंगु रोग नियन्त्रणका लागी औषधि व्यवस्थापन गरेका थिए । कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख डम्बर गुप्ता अनुसार उपलब्ध ६० ड्रम औषधी अघिल्लो वर्षका झै यस वर्ष पनि १२ वटै वडाका घर घरमा पुगेर औषधी छर्कने व्यवस्था मिलाएको बताएका छन ।