Logo

सप्तरी क्षेत्र नं.१मा मत गणना ढिला सुस्ती, यसरी गन्दै जाँदा १५ दिन भन्दा बढि लाग्ने सम्भावना 

                     
Logo ६ मंसिर २०७९, मंगलवार ०९:५५    

सप्तरीका चारवटै निर्वाचन ४ क्षेत्रमा मत गणना तिव्रताका साथ जारी छ भने क्षेत्र नं=१मा भने ढिला सुस्ती देखिएको छ ।

जिल्लाका २, ३ र ४ नम्बर क्षेत्रमा प्रतिनिधि तथा प्रदेश सभा तर्फको मत गणना एकसाथ भैरहेको छ । भने १ नम्बर क्षेत्रमा भने प्रतिनिधि सभाको मात्रै गणना भैरहेको छ ।

क्षेत्र नं. १ को मत गणना सर्वोदयमा हुँदैछ । यस अर्थमा पनि सबैभन्दा छिटो मत गणना गरी विद्यालय खाली गर्नु पर्नेमा ढिला सुस्तीका  कारण यस विद्यालयमा पठन पाठन मा असर पर्ने देखिएको छ ।

जिल्लाका अन्य क्षेत्रमा मत गणना सकिन लाग्दा पनि क्षेत्र नं. १ तिव्रता लिन सकेको छैन । यसरी नै गन्दै जाने हो भने १५ दिन भन्दा बढि लाग्ने देखिन्छ ।

राजनैतिक दल तथा निर्वाचन आयोगले यसबारे चासो लिनु पर्ने हो ।


लोकप्रिय छुटाउनुभयो कि ?