Logo

सिके राउत सप्तरी क्षेत्र नम्बर २ मा निर्वाचित

                     
Logo ७ मंसिर २०७९, बुधबार १७:१५    

कञ्चनरूप । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी क्षेत्र नम्बर २ मा निर्वाचित भएका छन् ।

उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हासिल गरेका हुन् । राउतले ३५ हजार ४२ ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी यादवले १६ हजार ९७९ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । यस क्षेत्रमा ६४ हजार २१९ मत खसेको थियो । जसमध्ये ३ हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, प्रदेश सभा तर्फ सप्तरी २(क)मा सतिशकुमार सिंह , सप्तरी २(ख) मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका हुन् भने यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (ख)मा जनमत पार्टीका कै शम्भु कुमार साह विजयी भै सकेका छन ।

अमेरिकाको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पिएचडी गरेका उनी २०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् । 


लोकप्रिय छुटाउनुभयो कि ?