Logo

पाँच वर्ष भित्र जिल्लालाई पूर्ण साक्षर बनाउने सीके राउतको प्रतिबद्धता ( भिडियो र फोटो सहित )

                     
Logo ७ मंसिर २०७९, बुधबार २१:०१    

अम्बिका दहाल राजविराज। प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित जनमत पार्टीका अध्यक्ष डा सीके राउतले अबको पाँच वर्ष भित्र सप्तरीलाई पूर्ण साक्षर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट ३५ हजार ४२ ल्याएका विजय प्राप्त गरे पछि बुधबार राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

डा राउतले राजनीतिक संस्कारको स्थापना आफ्नो पहिलो एजेन्डा भएको पनि बताए । उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्दै किसानको समस्या समाधानका लागि काम गर्ने उल्लेख गरे ।

“विद्वान्को रूपमा चिनिँदै आएको यो जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने, राजनीतिक संस्कारको स्थापना गर्दै स्वास्थ्य क्षेत्रमा सुधार र किसानको समस्या समाधान गर्ने मेरो प्रथम दायित्व जनताप्रति हुनेछ,” उनले भने, “प्रतिपरिवारलाई रोजगारीसँग जोड्ने काम गर्नेछु ।”उनले कुपोषण बताउनुका साथै स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने गरी व्यवस्थापन गराउन लाग्ने बताए । किसानको मलखाद र कृषि मिटर, कृषि ऋण लगायतका पहुँचका लागि आवश्यक कार्य गर्ने उनले बताए ।

उनले निर्वाचन प्रक्रियामा सहभागी मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी लगायत सबैमा धन्यवाद व्यक्ति गरे ।

सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राउतसहित प्रदेशसभा सदस्य सतिशकुमार सिंह र महेशप्रसाद यादवलाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हासिल गरेका हुन् । 

https://youtu.be/ZV6OmPo9pOY

 


लोकप्रिय छुटाउनुभयो कि ?