Logo

जसलाई थोरै मतको कारण संघीय संसद् ढोका बन्द भयो

                     
Logo ८ मंसिर २०७९, बिहीबार १४:४७    

जसलाई थोरै मतको कारण संघीय संसद् ढोका बन्द भयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल जम्मा ११७ मतले मात्रै पराजित भए सलाई माओवादी केन्द्रकी रेखा शर्मासँग जम्मा ११७ मतले पराजित गरिन । शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी हुँदा पोखरेल २६ हजार ६ सय ८१ मत प्राप्त गरे ।

त्यसैगरी काठमाडौं १ मा रवीन्द्र मिश्रको अवस्था पनि भयो उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले जम्मा १३२ मतले पराजित गरे । सिंहले ७१ सय ४३ मत प्राप्त गर्दा  मिश्रले ७०११ मत प्राप्त गरे ।

यता ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई झिनो मतान्तरले विजयी भए । उनले जम्मा २०८ मतले मात्रै आफ्ना प्रतिद्वन्द्वीलाई संघीय संसद् आउने बाटो रोक्न सफल भए। भट्टराईले २१९४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले २१७३५ मत मात्र ल्याए ।

एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी हुनु भएको छ । गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतले मात्र पराजित गर्नुभयो । गुप्ताले २४२६० मत प्राप्त गर्दा चौधरीले २४०१९ मत ल्याउनु भयो ।

यसैगरी दैलेख २ मा नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई एक सय ३५ मतले मात्रै पराजित गरे  । शाहीले २०१५८ मत ल्याउँदा  निकट प्रतिस्पर्धी पोखरेल २०००५ मतमा सीमित हुनु पर्यो  । copy hita

 


लोकप्रिय छुटाउनुभयो कि ?