Logo

सप्तरी क्षेत्र नम्बर ४ ‘क’बाट एकीकृत समाजवादीका न्यौपाने निर्वाचित

                     
Logo ९ मंसिर २०७९, शुक्रबार १४:३०    

कल्याणपुर । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार गोविन्द न्यौपाने निर्वाचित भएका छन् ।

उनी ११ हजार ४२९ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा दोहोरिएका हुन् ।

न्यौपाने निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार नमेनदर पासवानले पाँच हजार ५५८ मत प्राप्त गरे ।

न्यौपानेले २०७४ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट १५ हजार ११३ मत ल्याएर विजयी भएका थिए ।

न्यौपाने नेकपा एकिकृत समाजवादी को केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज एवम् मधेस प्रदेशका निवर्तमान सांसद हुन ।

यसै गरि सप्तरी– ४ ‘ख’बाट जसपाका ‘बागी’ उम्मेदवार

अनिरुद्धकुमार सिंह निर्वाचित भएका छन् । उनी नौ हजार ९८५ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उमेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरे । ०७४ सालको निवाचनमा जितेका पूर्वमन्त्री रेणु यादवका छोरा अभिषेक यसपालि जसपाकै ‘बागी’ उमेदवारसँग पराजित भए ।


लोकप्रिय छुटाउनुभयो कि ?