Logo

सप्तरीमा आठौं उद्योग दिवस मनाइयो 

                     
Logo ९ मंसिर २०७९, शुक्रबार १९:२९    

अम्बिका दहाल  राजविराज । औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार भन्ने नाराका साथ आज आठौं उद्योग दिवस सप्तरीको राजविराजमा मनाईको छ ।

घरेलु तथा साना उद्योग कार्यालय राजविराजले आयोजनामा कार्यालय अधिकृत रेखा कुमारी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा करदाता सेवा केन्द्रमा कार्यालय प्रमुख डिल्ली रमण भण्डारी, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत दुर्गानन्द प्रसाद साह , घरेलु कै सन्तोष कुमार मण्डल तथा सिलाई कटाई उद्यमी ,मसला उद्यमी, सर्फ तथा चिप्स उद्यमी , मोटर पंखा मर्मत लघु  उद्यमीहरूको सहभागिता रहेको थियो ।

२०२९ साल ९ मङ्सिर मा उद्योग परिषद् स्थापना भएको दिनलाई आधार बनाएर २०७२ देखि हरेक वर्ष ९ मङ्सिरमा विभिन्न कार्यक्रम गरी उद्योग दिवस उद्योग दिवस मनाउँदै आइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?