
कञ्चनरूप । सप्तरीमा मंसिर ४ मा सम्पन्न भएको ४ प्रतिनिधिसभा सदस्य क्षेत्र र ८ प्रदेशसभा सदस्य क्षेत्र मा १७६ उम्मेदवार चुनावी प्रतिस्पर्धा रहेका थिए भने ३८ जनाको मात्र जमानत फिर्ता हुनुको साथै १३८ उमेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जना उमेदवारहरूमा १७ को जमानत जफत भएको छ । क्षेत्र नम्बर १ मा जम्मा गणना भएको मत ७४५०६ जसमा सदर ७०१८५ र बदर मत ४३२१ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ७०१८.५० प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ७ जना र स्वतन्त्र १० गरी १७ उम्मेदवारहरूको जमानत जफत भएको छ ।
यसै गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा १६ जना उमेदवारहरूमा १३ को जमानत जफत भएको छ । क्षेत्र नम्बर २ मा जम्मा गणना भएको मत ६४२१९ जसमा सदर ७०१८५ र बदर मत ३२९८ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ६०९२.१ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ९ जना र स्वतन्त्र ४ गरी १३ उम्मेदवारहरूको जमानत जफत भएको छ ।
त्यसै गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा १८ जना उमेदवारहरूमा १५ को जमानत जफत भएको छ । क्षेत्र नम्बर ३ मा जम्मा गणना भएको मत ७११२२ जसमा सदर ६६८२० र बदर मत ४३०२ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ६६८२ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ९ जना र स्वतन्त्र ६ गरी १५ उम्मेदवारहरूको जमानत जफत भएको छ ।
यता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा १६ जना उमेदवारहरूमा १३ को जमानत जफत भएको छ । क्षेत्र नम्बर ४ मा जम्मा गणना भएको मत ६९०९३ जसमा सदर ६६९९२ र बदर मत ५१०१ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ६६९९.२ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ७ जना र स्वतन्त्र ६ गरी १३ उम्मेदवारहरूको जमानत जफत भएको छ ।
सप्तरीको ८ वटा प्रदेशसभा तर्फ
सप्तरी निर्वाचन क्षेत्र नम्बर १(क) मा ११ जना उमेदवारहरूमा ८ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर १(क) मा जम्मा गणना भएको मत ३८७०८ जसमा सदर ३७१५८ र बदर मत १५५० रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ३७१५.८० प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ५ जना र स्वतन्त्र ३ गरी ८ उम्मेदवारहरूको जमानत जफत भएको छ । त्यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर १(ख) मा १० जना उमेदवारहरूमा ७ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर १(ख) मा जम्मा गणना भएको मत ३५६७३ जसमा सदर ३४३३६ र बदर मत १३३७ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिसतका आधारमा ३४३३.६ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ४ जना र स्वतन्त्र ३ गरी ७ उम्मेदवारहरूको जमानत जफत भएको छ ।
यता सप्तरी निर्वाचन क्षेत्र नम्बर २(क) मा १७ जना उमेदवारहरूमा १४ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर २(क) मा जम्मा गणना भएको मत ३४५८३ जसमा सदर ३३१८९ र बदर मत १३९४ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ३३१८.९ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ५ जना र स्वतन्त्र ३ गरी ८ उम्मेदवारहरूको जमानत जफत भएको छ । त्यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर २(ख) मा १४ जना उमेदवारहरूमा ११ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर २(ख) मा जम्मा गणना भएको मत २९७४२ जसमा सदर २८०६६ र बद रमत १५७६ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा २८०६.६ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ५ जना र स्वतन्त्र ६ गरी ११ उम्मेदवारहरूको जमानत जफत भएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३(क) मा १८ जना उमेदवारहरूमा १५ जमानत जफत भएको छ । क्षेत्र नम्बर ३(क) मा जम्मा गणना भएको मत ३६८६१ जसमा सदर ३४६७५ र बदर मत २१८६ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ३४६७.५ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ६ जना र स्वतन्त्र ९ गरी १५ उम्मेदवारहरूको जमानत जफत भएको छ । त्यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर ३(ख) मा ११ जना उमेदवारहरूमा ८ जमानत जफत भएको छ । क्षेत्र नम्बर ३(ख) मा जम्मा गणना भएको मत ३४६११ जसमा सदर ३३०६६ र बदर मत १५५० रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ३३०६.६ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ६ जना र स्वतन्त्र २ गरी ८ उम्मेदवारहरूको जमानत जफत भएको छ ।
यता गरी सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(क) मा १३ जना उमेदवारहरूमा ९ जनाको जमानत जफत भएको छ । क्षेत्र नम्बर ४(क) मा जम्मा गणना भएको मत ३५९७१ जसमा सदर ३३७६५ र बदर मत २२०६ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ३३७६.५ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ५ जना र स्वतन्त्र ४ गरी ९ उम्मेदवारहरूको जमानत जफत भएको छ । त्यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख) मा १२ जना उमेदवारहरूमा ८ जमानत जफत भएको छ । क्षेत्र नम्बर ४(ख)मा जम्मा गणना भएको मत ३३११४ जसमा सदर ३१२४७ र बदर मत १८६७ रहेको छ । जमानत फिर्ता लागी उम्मेदवारहरूले १० प्रतिशतका आधारमा ३१२४.७ प्राप्त गर्नु पर्ने थियो । जमानत जफत हुनेमा राजनैतिक दलका ५ जना र स्वतन्त्र ३ गरी ८ उम्मेदवारहरूको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।