Logo

कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रगत,युरिन सड्छ तर रिपोर्ट बन्दैन ,बेड तर बिरामीलाई छैन 

                     
Logo १६ मंसिर २०७९, शुक्रबार २०:५८    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय को स्वास्थ्यमाथि खेलवाड भैरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा आवश्यक परेको बेलामा स्वास्थ्य उपचार पाइदैन र स्वास्थ्य चेक जाँच गर्न लगिएको रगत, युरिनको रिपोर्ट समयमा आँउदैन आएमा पनि रिपोर्टमा केही लेखिएको हुँदैन । यो घटना कञ्चनरूप ८ की गर्व बविता साहको उनले मंसिर १३ गते आफ्नो तथा बच्चाको स्वास्थ्य अवस्था थाहा पाउन स्वास्थ्य संस्थाले लिने शुल्क तिरेर रगत युरिन (पिसाव) परिक्षण गर्न स्याम्पल दिइन  १५ गते साँझ सम्म रिपोर्ट नभए पछि उनका परिवारले किन यसो भयो भन्दै तपाईंले दिएको स्याम्पल नै खराब रहेछ अनि रिपोर्ट आएन  भन्ने जवाफ आयो । बविताले भनिनन् यो भन्दा अघि पनि मेरी सासु दुर्गा देवीको रगत जाँच गराउँदा समेत दुई दुई पल्ट यस्तै भयो घर नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउँदा ज्यान नै जाने रहेछ ।  

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. आकास गुप्ताका अनुसार यस्तो किन भयो बुझेर बताउने जनाए । एक जना स्वास्थ्य कर्मचारीले आफ्नो नाम उल्लेख नगर्न सर्तमा भने स्वास्थ्य जस्तो समावेदन सिल ठाममा ४ हजार ५ सयमा काम गर्ने स्वास्थ्य कर्मी भर्ना गरिएको छ । अब योभन्दा राम्रो सेवाको अपेक्षा गर्नु त मुर्खता होला । स्वास्थ्य केन्द्रका ल्याब इन्चार्ज हरि नारायण मालाकारका अनुसार स्वास्थ्य  सेवा लिन आएका लाई दोष दिनु भन्दा पहिला ल्याबमा खराबी भएको बताए । स्वास्थ्य केन्द्रमा आउने ट्युब अर्थात रगत तथा युरिन  जाँचका लागी प्रयोग गर्ने भाडोको पनि खरबारी भएका हुन सक्ने बताए ।

कञ्चन २४ को टिमले सोको जानकारी बिदा त्यता सामाग्री खरिदमा क्वालिटी नभई क्वान्टिटी खरिद गर्ने गरेको पाईको छ । 

यस भन्दा अगाडि पनि कञ्चनरूप का स्थानीय दीपक गुप्ताले पनि  स्वास्थ्य केन्द्रमा आफन्त बिरामीलाई लिएर उपचारको लागी गएको बेला एउटा बेड सिट छैन बिचरा बिरामी हरू जाडोमा बेडसिट माग्दा भनछन छ वटा बेड सिट छ त्यो पनि फोहर छ ।  कसैलाई हेर्ने फुर्सद छैन झिना मसिना कुरामा व्यवस्थापन समितिलाई अल्लाह कदरदान तो गधा पहलमान भन्दै व्यङ्ग्य गरेका थिए ।  


लोकप्रिय छुटाउनुभयो कि ?