Logo

वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराईको निधन

                     
Logo १७ मंसिर २०७९, शनिबार १३:१९    

कञ्चनरूप । वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराईको निधन भएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक सभापति, पूर्व केन्द्रिय उपाध्यक्ष, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईको आज बिहान हृदयघातका कारण निधनको भएको हो ।

सर्लाहीको लालबन्दी देखि ८ किमि उत्तरमा रहेको पत्थरकोट भन्ने स्थानमा होटलमा राती सुतिरहेको अवस्थामा हृदयघात भई उहाँको देहान्त भएको हो । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको ११ औँ साधारणसभामा सहभागी हुन आएका भट्टराई लालबन्दीस्थित एक होटेलमा मृत फेला परेका हुन ।

भट्टराई ओछ्यानमै बान्ता गरेको तथा उनले खाने औषधि छरपस्ट अवस्था भेटिएको प्रहरीले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?