Logo

सप्तरी प्रहरीले ८ सय १० किलो लागूऔषध गाँजा बरामद

                     
Logo १६ पुष २०७९, शनिबार ०९:३५    

अम्बिका दहाल राजविराज ।

सप्तरी प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी टापुबाट बिहीबार प्रहरीले ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रवार पत्रकार सम्मेलन गर्दै बरामद गरेको २७ बोरा तयारी गाँजा सार्वजनिक गरेको छ। बरामद गरिएको सो गाँजा प्रति बोरा ३० किलोको दरले ८ सय १० किलो रहेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

कोशी भंगालोको पूर्व टापुमा बालुवाले पुरेर गाँजा राखिएको भन्दै आएको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको उनले पत्रकार सम्मेलनमा बताए ।

एक ठाउँमा १२ बोरा, दोश्रो ठाउँमा ९ बोरा र तेश्रो ठाउँमा ६ बोरा गरी जम्मा २७ वटा बोरामा लुकाई राखेको गाँजा प्रति बोरा ३० केजीका दरले जम्मा ८ सय १० केजी तयारी गाँजा बरामद भएको जानकारी गराए । 


लोकप्रिय छुटाउनुभयो कि ?