Logo

कञ्चनरूपमा मेयरसँग निशुल्क स्वास्थ्य शिविर सञ्चालन , ४३६ जनाले स्वास्थ्य परिक्षण गराए 

                     
Logo १७ पुष २०७९, आईतवार २०:३०    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा क्यान्सर रोग सम्बन्धी १ दिने निशुल्क सिविरमा ४३६ जनाले स्वास्थ्य परिक्षण गराएका छन ।

नेपाल क्यान्सर सहयोग समुह काठमाडौंको विशेषज्ञ डाक्टरहरू बाट पाठेघरको मुखको क्यान्सर जाँच ९२०८रु छज्ञज्ञण्ढज्ञ० र स्तन क्यान्सर सम्बन्धी सकृनिङ्ग ९घज्ञण्छ ३०ज्ञ९९॥ड० शिविर सञ्चालन हुने भएकोले सेतो पानी गग्ने ,(धातु) को समस्या भएको, तल्लो पेट दुख्ने समस्या भएको, स्तनमा गाँठा गुठी भएको तथा पाठेघर सम्बन्धी अन्य समस्या भएको महिला तथा किशोरीहरूको लागी  कञ्चनरूप नगरपालिकाले आयोजनामा मेयरसँग निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर आयोजनामा  भएको थियो । 

उक्त शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच १७१ जनाले जाँच गराएका थिए भने स्तन क्यान्सर सम्बन्धी सकृनिङ्ग १९ जना र क्यान्सर सकृनिङ्ग १९० जना गरि जम्मा ४३६ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

कञ्चनरूप नगरपालिका ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविर बिहान  १० बजे देखी बेलुका ४ बजे सम्म सञ्चालन भएको थियो भने उत्तल कार्यक्रम नगर प्रमुख ललन प्रसाद गुप्ताले मैन बत्ति बालेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा उप प्रमुख मुना  कुमारी  पोखरेल , जनस्वास्थ्य अधिकृत राम सेवक यादव , सिनियर अहेव डम्बर प्रसाद गुप्ता अहेव सुरेन्द्र यादव, विभिन्न वडा का वडा अध्यक्ष, वडा सदस्य लगायत नेपाल क्यान्सर सहयोग समुह काठमाडौंको विशेषज्ञ डाक्टरहरू समेतको उपस्थित रहेको थियो ।

उक्त लक्षण देखिएकाहरूलाई क्यान्सर निर्मूल पार्न उपचारमा सहजीकरण समेत गरिने नगर प्रमुख गुप्ताले जानकारी दिएका छन् । 

 


लोकप्रिय छुटाउनुभयो कि ?