Logo

सप्तरीको तिलाठी कोइलाडीमा चिसोले कठ्याँग्रिएर एक जनाको मृत्यु

                     
Logo २२ पुष २०७९, शुक्रबार १७:२९    

कञ्चनरूप । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार चिसोले कठ्याँग्रिएर ४५ वर्षीय पुरूषको मृत्यु भएको छ ।

विगत केही दिन यता सप्तरी सहित मधेशका जिल्लाहरूमा  अत्यधिक चिसोको कारणले बढेको कठ्याँग्रिएर तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय राजु भनिने देवु सदाको मृत्यु भएको हो ।

मृतक परिवारलाई खान लगाउन समेत समस्या भएकोले उनको कठ्याँग्रिएर मृत्यु भएको वडाअध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए । विगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरूमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर बन्दै गरेको छ ।

चिसो बढेपछि जिल्लाका अधिकांश पालिकाहरूले केही दिनको लागि सामुदायिक विद्यालयहरू समेत बन्द गरेका छन् भने कतिपय पालिकाहरूले चोक तथा सार्वजनिक ठाउँमा दाउराको व्यवस्था गरि आगो बाल्ने व्यवस्था समेत मिलाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?