Logo

कञ्चनरूपमा अप्रेसन सहितको निशुल्क आँखा शिविर उद्घाटन

                     
Logo २५ पुष २०७९, सोमबार १८:४४    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका डा नं. १२ स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र ( एसियन आमा नेपाल) ले तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौं को अप्रेसन सहितको निशुल्क आँखा शिविर उद्घाटन भएको छ ।

सोमबार सप्तरीको कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ता र एसियन आमा नेपालकी अध्यक्ष कुन्नम पोखरेलले संयुक्त रुपमा ब्यानर पढेर आँखा शिविर उद्घाटन गरेका हुन । उक्त शिविरमा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौंका डा. गोविन्द पौडेल र डा. विक्रम सहितको २६ जनाको टोलीले  पौष २५ गते देखी २८ गते सम्म सञ्चालन हुनेमा आँखा चेक जाँच तथा निःशुल्क अपरेसन गर्ने छन । 

कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताको आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा नगर उपप्रमुख मुना कुमारी पोखरेल ,एसियन आमा नेपालकी अध्यक्ष कुन्नम पोखरेलले, कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र ( एसियन आमा नेपाल) संस्थापक डा. रोहित पोखरेल, समाज सेवी पूर्व डिआइजी डा. प्रेमलाल श्रेष्ठ, कञ्चनरूपका निर्वतमान नगरप्रमुख बसन्तकुमार मिश्र, कञ्चनरूप नगरपालिका  स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. आकास रौनियार र तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौं डा. हरूको उपस्थिति रेको थियो ।

उक्त शिविरमा कञ्चनरूप नगरपालिकाको तर्फबाट दुईलाख पचास हजार सहयोग प्राप्त भएको छ भने उप प्रमख पोखरेलबाट निशुल्क खिचडीको ब्यवस्था गरिएको छ । 

यस कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र( एसियन आमा नेपाल)ले विगत २०७४ साल देखी यस क्षेत्रमा आँखा शिविर सञ्चालन गर्दे आएको छ । विगतमा सञ्चालित शिविरमा २ हजार ६ यस ३७ जनाले आँखा उपचार गराएका थिए भने यस पल्ट ७०० जनाको उपचार गर्ने लक्ष्य संस्थाले लिएको छ ।

कार्यक्रम कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र( एसियन आमा नेपाल) कार्यवाहक अध्यक्ष देवनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 


लोकप्रिय छुटाउनुभयो कि ?