Logo

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा पोर्टेबल  डिजिटल भिडियो एक्सरे सेवा सञ्चालनमा

                     
Logo ६ माघ २०७९, शुक्रबार १९:२८    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कञ्चनपुरमा आजदेखि विशेषज्ञ सहित पोर्टेबल  डिजिटल भिडियो एक्सरे सेवा शुभारम्भ भएको छ ।

कञ्चनरूप नगरपालिकाका वडा नं. ८मा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा  कञ्चनरूपका नगरप्रमुख ललन प्रसाद गुप्ताले सेवा सुचारु भएसँगै यस क्षेत्रका स्थानीयलाई थप उपचारका लागी अन्यत्रका अस्पताल जानु पर्ने बाध्यता हटेको बताए । नगरप्रमुख गुप्ताले आफूहरू निर्वाचित भएर आएदेखि नै स्वास्थ्य सेवालाई नै पहिलो प्राथामिकतामा राखी कार्य गरेको जिकिर गर्दे सबै वडा अध्यक्षहरूको सहयोग र साथका कारण यो आधुनिक  पोर्टेबल भिडियो एक्सरे मेसिन ल्याउन सफल भएको बताए ।  कुनै व्यक्तिले उपचार सहित सेवा पाएर निको भएको जान्छ तब मात्र सेवा पुरा हुने बताउँदै नगर प्रमुख गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्रलाई अन्य थप सामाग्रीहरू पनि आवश्यक भएकोले क्रमश थपिदै जाने बताए । आफू निर्वाचित भए र आए पश्चात प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाइ  देखी उपचार सेवामा केही उल्लेखनीय सुधारका कार्यहरू भएको उल्लेख गरे ।

त्यस्तै पत्रकार अबधेश झाले प्राप्त मेसिनहरूले स्थानियको स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्नमा सहायक बनुन भन्दै जिल्लाका अन्य प्राथमिक स्वास्थ्य केन्द्र भन्दा कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रको सेवा राम्रो रहेको बताए ।

कार्यक्रम सञ्चालन कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख डम्बर प्रसाद गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्रले माथिल्लो तहको सेवा दिई रहेको र उक्त कार्य सम्मान जनक रहेको बताए ।

कार्यक्रमका वडा नं. ९ का वडा अध्यक्ष रामसुन्दर यादवले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका सबै खोल मेसिनरी औजारहरू प्रयोगमा ल्याएर थप स्वास्थ्य सेवा दिनु पर्ने र यसमा १२ वटै वडा अध्यक्षहरू एक साथ रहेको बताए ।

नगर प्रमुख गुप्ताले पोर्टेबल डिजिटल भिडियो एक्सरे सहित इसिजी, अक्सिजन सिलिन्डर, लगायत १२ वटा समान प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरे ।

कालक्रम कार्यपालिका सदस्य सिता पौडेल, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. आकास रौनियार लगायतले मन्तव्य दिएका थिए ।  कार्यक्रममा कञ्चनरूप नगरपालिका निं प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का ,१२ वटै वडाका वडाअध्यक्ष , नगर भरीका स्वास्थ्य उपचार केन्द्र तथा स्वास्थ्य चौकी प्रमुख , कार्यपालिका सदस्य, पत्रकारको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितका अध्यक्ष तथा वडा नं. ८का वडा अध्यक्ष कृष्ण कुमार साहले गरेका थिए ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?