Logo

लक्ष्मी सामुदायिक सिकाइ  केन्द्रको १६ औं वार्षिक साधारण सभामा सम्पन्न

                     
Logo ११ माघ २०७९, बुधबार ०९:३२    

कञ्चनरूप । सप्तरीको लक्ष्मी सामुदायिक सिकाइ  केन्द्रको १६ औं वार्षिक साधारण सभामा सम्पन्न भएको ।

लक्ष्मी सामुदायिक सिकाइ केन्द्र कञ्चनरूप ७ सप्तरीको  को १६ औं वार्षिक साधारण सभा प्रमुख अतिथि मधेश प्रदेशका सभा सदस्य राज कुमार लेखीको प्रमुख आतिथ्यमा  कञ्चनरूप नगर उप प्रमुख मुना पोखरेल, वडा अध्यक्षहरू श्यामानन्द चौधरी, बच्चुलाल चौधरी , गुल्टेन चौधरी, कञ्चनरूप न।पा।का शिक्षा  संयोजक ललित नारायण  यादवको सहभागिता रहेको थियो भने , सञ्चारकर्मी डम्बर राइ , उमेश गुप्ता, समाजसेवी कल्पना चौधरी ,शिक्षा  प्रेमी तथा समाजसेवी माधव चौधरी लगायतका  उपस्थिति रहेको थियो ।

२०६२ माघ २५ गतेबाट तत्कालीन जिल्ला शिक्षा कार्यालय सप्तरी सँग समन्वयकारी सामुदायिक सिकाइ शिक्षा सञ्चालन गर्दै यस केन्द्रले औपचारिक शिक्षा, प्रौढ शिक्षा , सिलाई कटाई सहितको कार्यक्रम समेत सञ्चालन गर्दे आइरहेको छ ।

सामुदायिक सिकाइ केन्द्रबारे जानकारी गराउँदै चौधरीले स्थानीय समुदायका सदस्यहरू मिलेर आफ्ना आवश्यकता पुरा गर्न स्थानीय स्तरमै सञ्चालन हुनेगरि व्यवस्थापन गरिएको स्वायत्त, स्वशासित , अविच्छिन्न उत्तराधिकारी रहेको अध्ययन केन्द्र नै सामुदायिक सिकाइ केन्द्र रहेको जानकारी गराए । गाउँ शिक्षा योजना लागू भएका गाविसहरूमा सामुदायिक सिकाइ केन्द्र स्थापना भई हाल मधेश प्रदेशमा २ सय ७२ वटा सामुदायिक सिकाइहरू सञ्चालन भईरहेका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?