Logo

कञ्चनरूप नगरपालिकामा नगर उप प्रमुख ,वडा अध्यक्षहरू सहित कार्यपालिका सदस्यहरू धर्नामा उत्रिए

                     
Logo १६ माघ २०७९, सोमबार १६:३४    

योगेन्द्र रौनियार

कञ्चनरूप । कञ्चनरूप नगरपालिकामा नगर उप प्रमुख  वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू कर्मचारी सरुवाको विरोध गर्दै कार्यालय परिसरमै धर्नामा उत्रिएका  छन ।

नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउदै मनोमानी ढंगले कर्मचारीहरूलाई एक वडा बाट अर्को वडामा फेर बदल गरेको तथा ज्यादती अवरूद्धको विरोध भन्दै  नगरपालिकाको कार्यालय परिसरमै धर्नामा  बसेका छन ।

धर्नामा नगर उप प्रमुख सहित ७ जना वडा अध्यक्ष , तथा एक जना कार्य पालिका सदस्य सहित धर्नामा बसेका छन । धर्ना कार्यक्रम सोमबार मंगलबार गरि तथा समस्या समाधान नभएमा आन्दोलनमा उर्तिने चेतावनी दिएका छन ।

ज्ञापन पत्रमा भनिएको छ ।  नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले १२ बडाका वडा सचिव, कर्मचारी र  कार्यालय सहयोगी समेतलाई सरुवा गरिएको विषयमा हामी बहुमत कार्यपालिका सदस्यहरूले बितेको माघ ३ गते उक्त सरूवा रोकी तत्काल कार्यपालिका बैठक बोलाउन माँग उल्लेख गरेका छन ।  बैठक बोलाउनु भनिएको दुई साता बित्दा समेत वेवास्ता गरेको कारण धर्नामा बस्न वाध्य भएको उल्लेख छ । भनिएको छ  कर्मचारीहरूलाई धम्काएर सरुवाको चिट्ठी बुझन लगाइएको छ । सचिव नरहेको केही वार्डमा सचिव सरुवा गर्ने नीतिगत निर्णयलाई टेकेर आवश्यकताका आधारमा भन्दा पनि गलत मनसायले  कार्यालय सहयोगी समेतलाई विना कारण सरुवा गरिएकोमा उपप्रमुख सहित हामी बहुमत कार्यपालिका सदस्यले पटक पटक उक्त सरुवा रोक्न आग्रह गर्दा समेत बहुमत कार्यपालिका सदस्यको निर्णयलाई अटेरी गरिएको हामीले महसुस गरेका छौँ । तसर्थ आज आइतबार कार्यालय सम्म भित्र वडा सचिव, कर्मचारी र कार्यालय सहयोगीहरूको सरुवा स्थगित गर्न माग रेका छन । समस्या समाधान नभएमा आन्दोलनको अघि बढाउने र त्यसबाट हुने क्षतिको जिम्मेबार प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख हुने व्यहोरा उल्लेख छ ।

 

 

 

 


लोकप्रिय छुटाउनुभयो कि ?