Logo

सशस्त्र प्रहरीले चेकजाँच गर्दा पेस्तोल र गोली बरामद

                     
Logo ११ मंसिर २०८०, सोमबार १९:४२    

राजविराज । सशस्त्र प्रहरीले सप्तरीबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित बेल्हीबाट आइतबार राति अन्दाजी १० बजे पेस्तोल र त्यसमा प्रयोग हुने २ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. वेल्हीबाट खटि गएको ५ जनाको पैदल गस्ती चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको नम्बर नखुलेको मोटर साइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले कपडाको पोका फ्याकी व्यक्तिहरू मोटर साइकल चलाई फरार भएका थिए ।

उक्त पोका खोली हेर्दा पेस्तोल र गोली बरामद भएको हो । दुबै हतियार आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?