Logo

गजल

                     
Logo २४ मंसिर २०७७, बुधबार १९:००    

खुकुरीको चोट कर्दलाई, कहाँ थाहा हुन्छ हजुर ।

जनताको मर्म नेतालाई, कहाँ थाहा हुन्छ हजुर ।।

गरिबको माग केहो भनेर, उनैलाई सोध्छौ तिमी ।

बालुवाटारमा बस्नेलाई, कहाँ थाहा हुन्छ हजुर ।।

राजनीति र प्रेम उस्तै उस्तै, भएका छन् यहाँ त ।

साथ के हो धोका दिनेलाई, कहाँ थाहा हुन्छ हजुर ।।

उनले छोडेर जाँदा मुसुक्क, हाँसेर बसे मपनि।

भित्री पीडा त तपाईंलाई, कहाँ थाहा हुन्छ हजुर ।।

स्वार्थ मिले जुड्छन रे, ती टुटेका सम्बन्धहरु ।

सोझा तपाईं र हामीलाई, कहाँ थाहा हुन्छ हजुर ।।

कञ्चनरुप नगरपालिका १२, रुपनगर, सप्तरी ।


लोकप्रिय छुटाउनुभयो कि ?