Logo

सप्तरीमा दोस्रो चरणमा कोभिड १९खोप ३हजार २सय ३८जनाले लगाए

Kanchan 24 ८ फाल्गुन २०७७, शनिबार २०:४३ मा प्रकाशित

कञ्चनरुप
फाल्गुण ८ गते ।
दोस्रो चरणको कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप अभियानमा अन्तर्गत सप्तरीमा ८३ प्रतिसतले खोप लगाएका छ ।
सप्तरीको ७ स्थानमा सञ्चालन कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप केन्द्रमा ३ हजार २ सय ३८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।
दोस्रो चरणमा ३ हजार ७ सय ९४ जना हसभागी हुने भनिइता पनि ३ हजार २ सय ३८ जनामात्र खोप लिन आएको यादवले जानकारी दिए ।
फाल्गुण २ गते देखी र ५ कोभिड(१९) विरुद्धको खोप जिल्लाका विभिन्न सात स्वास्थ्य सस्थामा सञ्चालमा रहेको थियो ।
पहिलो चरणको ५ कोभिड(१९) विरुद्धको खोप कार्यकमा ९८.३४ प्रतिसले खोप लगाइ सकेको स्वास्थ्य कार्यालयका सप्तरी जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत आइतवारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप भनेको थियो ।
त्यसैगरी, काठमाडौंबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले आवाहन गरेको थियो । यसअघि अग्रमोर्चामा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीले शनिवार सम्म खोप लगाइसकेका छन् ।


ट्रेंडिंग समाचार