Logo

बिहारमा फेरि एनडीए गठबन्धनको सरकार बन्ने निश्चित

Kanchan 24 २६ कार्तिक २०७७, बुधबार १८:१६ मा प्रकाशित

कार्तिक २६ एजेन्सी । भारतको बिहारमा एनडीए गठबन्धनबाट निर्वाचन लडेका नीतिश कुमार सातौ पटक मुख्य मन्त्री बन्ने पक्का भएको छ । एनडीएले कुल एक सय २५ सिट जीतेर बहुमत प्राप्त गरेसगैँ नीतिश मुख्य मन्त्री बन्न लागेका हुन् । २४३ सिट मध्य एनडीएले १२५ सिट ल्याएको हो ।

सन् २००० देखि उनी पटक पटक मुख्य मन्त्री बन्दै आएका छन् । यस पटक काँग्रेस नेतृत्वको गठबन्धन भने बहुमत ल्याउन असफल भएको छ । बिपक्षी उम्मेद्धार तेजस्वीले यो नीतिशको नभई मोदीको जीत भएको टिप्पणी गरेका छन् ।

एनडीएले नीतिश कुमारलाई पुनः मुख्यमन्त्रीको उम्मेदवार बनाए पनि भाजपा अघि आएपछि त्यसमा भने अहिले नै भन्न सक्ने अवस्था नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार