Logo

हरिनगरा बजारमै नमूना मन्दिर बनाउँछु अध्यक्ष अन्सारी

Kanchan 24 २३ पुष २०७७, बिहीबार २१:०५ मा प्रकाशित

भुटाहा । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले बजारमै नमुनाको रुपमा महावीर बजंरगवली मन्दिर बनाउन आफूले सहयोग गर्ने बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष अन्सारीले हरिनगर वडा नम्बर–४ को मुख्य बजार क्षेत्रमा नमूना मन्दिर बनाउन कुनै कसर बाँकी नराख्ने र मन्दिर बनाएर बजारको रौनक बढाउन लागेको बताए । सडक बिस्ताका क्रममा एक मन्दिरको पर्खाल भत्काउन खोज्दा धार्मिक विवादमा फसेका सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले आफूले आफ्नै खर्चमा मन्दिर बनाउने घोषणा गरेका छन् ।

उनले भने हरिनगरा बजारमै नमूना मन्दिर बनाउने घोषणा गर्दछु त्यो पनि निजि खर्चमा, मलाई सुनयोजित त्वरबाट भुटाहा स्थित शिव मन्दिर प्रक्रणमा लालछाना लगाइएको छ । त्यहाँ राजनीतिको नाममा राजनीति भइरहेको छ ।

हरिनगरा बजार क्षेत्रमा जनतासँग अध्यक्ष भन्ने कार्यक्रम अन्र्तगत गाउँपालिका अध्यक्ष अन्सारीले हरिनगरा बजार क्षेत्रका युवा, व्यापारी र बुद्धिजीवीको गुनासो सुन्नका लागि आइपुगेको कार्यक्रममा गुनासो सुन्दै अध्यक्षले महावीर बजंरगबली मन्दिर निर्माण गर्नका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले पालिका अन्तरगत हरिनगर(४ लाई पालिकाको सदरमुकाम बनाउने गरी सबै बाटोहरु जोडेर बाटो निर्माण कार्यलाई सम्पन्न गर्न लागेको बताए । यस बजार क्षेत्रलाई विकास गर्दै अगाडि बढेको र हरिनगर बजार क्षेत्रलाई मुहार फेर्नका लागि कामहरु धमाधम सम्पन्न हुन लागेकाले केही दिनमा यो नमूना वडाको रुपमा स्थापित हुने जिकिरसमेत गरे ।

कार्यक्रमा पालिकाकी उपाध्यक्ष रिमझिम भगत समेत स्थानीय अगुवाहरु देवनारायण मेहता, खेलानन्दलाल देव लगायतले मन्दिर निर्माण गर्ने पालिका अध्यक्षको घोषणाको सरहना गरेका थिए ।

कार्यक्रम मन्दिर समितिका अध्यक्ष प्रदीपकुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडाध्यक्ष सुदिलाल मेहता, हरिनगर गाउँपालिका नेपाली कांग्रेसका सभापति शिवहरि श्रेष्ठ, रामचन्द्र राउत, प्रदीप मेहता, सुभाषकुमार देव, मनोज मेहता, दीपककुमार साह, राजेश मालुलगायतको सहभागिता रहेको थियो


ताजा समाचार
ट्रेंडिंग समाचार