Logo

कोशी क्षेत्रका विपन्न समुदायलाई न्यानो कपडा वितरण

Kanchan 24 २९ पुष २०७७, बुधबार १९:१७ मा प्रकाशित

सज्जाद आलम
लौकही । रोटर्‍याक्ट क्लब अफ धरान घोपाले कोशी गाउँपालीका क्षेत्रका सरदर समुदायलाई न्यानो कपडा वितरण गरेको छ ।

सुनसरीको कोशी गाउँपालीका क्षेत्रका सरदार समुदायलाई रोटर्‍याक्ट क्लब अफ धरान घोपाबाट आएका डाक्टर जोशना रिमालको नेतृत्वको टोलिले २४५ जना स्थानीयलाई न्यानो कपडा वितरण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष स्थित रहेको पटेर प्रशोधन तथा बजारीकरण समितिका संयोजक अशोक शाहले बताए ।

जाडो बढेसँगै जनजीवन कष्टकर बनेको अवस्थामा कोशी गाउँपालीका ३ स्थित सरदार टोलका गरिब तथा विपन्न समुदायलाई न्यानो कपडा वितरण गरिएको हो ।

रोटर्‍याक्ट क्लब अफ धरान घोपाका अध्यक्ष जोशना रिमालका साथै प्रगति मण्डल, श्वेता खड्का, अमृता शाह, सृजना घिमिरे, मिथलेश मण्डल,सुमित यादव,पटेर प्रशोधन तथा बजारीकरण समितिका अध्यक्ष,सदस्यहरुका साथै स्थानीय समाजसेवीको अगुवाइमा जाडोबाट बच्न न्यानो कपडा वितरण गरिएको थियो ।

रोटर्‍याक्ट क्लब अफ धरान घोपाका अध्यक्ष डाक्टर रिमालको अगुवाइमा कोशी गाउँपालीका ३ का २४५ जना सरदार समुदायलाई न्यानो कपडा वितरण गर्दै पछिल्लो केही दिनयता चिसो हावासँगै बढेको जाडोबाट बच्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार