Logo

फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

Kanchan 24 ६ माघ २०७७, मंगलवार १३:५७ मा प्रकाशित

एजेन्सी माघ ६ । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक चलेको छ । ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

फुटपाथमा सुतेका सबै मजदुर रहेको र उनीहरु राजस्थानको भएको बताईएको छ ।
अन्य ५ जनाको पनि गंभीर अवस्थामा अस्पतालमा उपचार भईरहेको त्याहाँको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनामा एक र दुई वर्षका बच्चाको पनि मृत्यु भएको बताईएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार