Logo

भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै, नेपालमा पनि जोखिम

Kanchan 24 ७ चैत्र २०७७, शनिबार १३:३४ मा प्रकाशित

काठमाडौं, ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा करिब ४० हजारजना संक्रमित भएका छन् ।
योसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि नाइट कर्फ्यू जारी गरेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत बुधबार एक दिनमा ३६ हजारजना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार सात सय २६ पुगेको छ । गत २४ घन्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरु भएयताको सबैभन्दा बढी हो । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार तीन सय ३१ पुगेको सो मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये दुई लाख ७१ हजार दुई सय ८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ८३ हजार ६ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घन्टामा कोरोना संक्रमणबाट एक सय ५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको संख्या एक लाख ५९ हजार तीन सय ७० पुगेको शुक्रबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म करिब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् । nay page


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार