Logo

सप्तरी प्रिमियर लिग : रुपनी राईडर्सको विजयी सुरुवात

Kanchan 24 ९ चैत्र २०७७, सोमबार ०९:५१ मा प्रकाशित

कञ्चनरुप ।
तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगु सुरु भएको छ । उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्‍यो ।
राज रंगशालामामा रुपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बोदे बर्साईनले २० ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रन मात्र बनाउन सक्यो ।
बोदे बर्साईनका लागि नारायण जोसीले सर्वाधिक ३३, कप्तान सिद्धान्त लोहनीले २४ , योगेन्द्र सिंह कार्की र विकाश दासले समान १७ रन बनाए ।रुपनी राईडर्सको बलिङमा सुमित झाले सर्वाधिक चार विकेट झारे । अनिल यादवले २ विकेट तथा फिर्दोस अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुजकुमार यादवले समान १ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
रुपनीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५४ रन बनाए । यसैगरी, निरज मुखियाले १९, अनिल यादवले अविजित १७, अनुज यादवले अविजित १५ र कुशल भुर्तेलले १२ रन बनाए ।
प्लेयर अफ द म्याच सुनिल धमला बने । लिगअन्तर्गत भोलि दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सर्राफ कप्तानीको बजाज खडक वारियार्सबीच प्रतिस्पर्धा हुने छ । दिउँसो १ बजे हुने दोस्रो खेलमा मेहबुब आलम कप्तानीको टिभीएस किङ्स राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन् ।
राजविराज नगरपालिकाका मेयर शम्भु यादवले ब्याटिङ तथा उपमेयर साधना झाले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, बोदे बर्साईन नगरपालिकाका मेयर आतेषकुमार सिंहलगायत थिए


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार