Logo

ट्रकले मोटरसाइकल ठक्कर दिदाँ कञ्चनरुपका चौधरीको घटना स्थलमै मुत्यु

Kanchan 24 ११ चैत्र २०७७, बुधबार १४:१३ मा प्रकाशित

कञ्चनरुप ।
सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका ३ पोर्ताहा स्थित पूर्व–पश्चिम लोकराजमार्ग सडक खण्डमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
कञ्चनरुप नगरपालिका ५ बस्ने अन्दाजी वर्ष २० को देबकुमार चौधरीको घटना स्थलमै मुत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
हनुमाननगर ककालीनी नगरपालिका ३ पोर्ताहा पेट्रोल पम्प स्थित गएराती ८ः३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना ७ ख ९३३९ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले बताइएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल सवार कञ्चनरुप नगरपालिका ५ बस्ने बिजुली मुखियाको छोरा अन्दाजी बर्ष १९ को प्रदिप मुखिया घाइते भएको छ ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार