Logo

सप्तरीमा जमघट तथा भीडभाड नगरी घरमै होलि मनाउन प्रशासनको आग्रह

Kanchan 24 १२ चैत्र २०७७, बिहीबार ०९:२५ मा प्रकाशित

अम्विका दाहाल
राजविराज
कोरोना संक्रमणको संभावित जोखिम बढ्न नदिन आउदै गरेको होली पर्वलाई मध्य नगर गर्दे जिल्ला प्रशासन कार्यालय सप्तरीले जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको छ ।
कोभिड संकट व्यवस्थापन समितिको बसेको बैठकले नियमित मास्क लगाउन, हातधुन र सेनिटाइजरको प्रयोगलाई निरन्तरता दिन आग्रह गर्दे स्वास्थ्य सावधानीसहित होलि खेल्नका लागि आग्रह गरिएको छ ।
जात्रा पर्व संचालन अर्को आदेश नभएसम्म नगर्नुहुन ,अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीनुहुन, बाहिर निस्किनुपरे समाजिक दुरी कायम राखी मास्क प्रयोग गर्नुहुन तथा साबुन, पानी सेनिटाइजरबाट हात धुने व्यवस्था मिलाउनुहुन जथाभावि भिड भाड हुने गरी सभा, सम्मेलन नगर्न समेत भनेको छ ।
आउँदो फागु पर्व होली आआफ्ना घरमा सुरक्षित तरिकाले सभ्य रुपमा मनाउनुहुन, जबरजस्ती पानीको लोला हान्ने, हिलो छ्याप्ने, जबरजस्ती रंग दल्ने कार्य नगर्न गराउनुहुन साथै मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला तथा झैझगडा नगराउनुहुन सबैमा सूचना मार्फत अनुरोध गरिएको छ ।
उल्लेखित निर्णय बिपरीत काम गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार