Logo

पहिलोपटक घरेलु मैदानमा नेपाललाई टी–२० सिरिजको उपाधि

Kanchan 24 ११ बैशाख २०७८, शनिबार १८:०० मा प्रकाशित

नेपालले घरलु मैदानमा पहिलोपटक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्समाथि १४२ शानदार जित निकाल्दै घरेलु टोली नेपालले टी–२० सिरिजको उपाधि उचालेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ ओभरमा ९६ रन बनाउँदै अलआउट भएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओ‘डडले सर्वाधिक धेरै २० रन जोडे । कप्तान पिटर सिलारले १३ रन बनाउँदा सेबस्टीयन ब्रातले अजिवित २२ रन जोडे । अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् ।
नेपालका करण केसीले तीन विकेट लिए भने सन्दीप लामिछाने र कमल ऐरीले २–२ विकेट लिए । त्यसअधि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दा ३ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । यो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको सर्वाधिक ठूलो योगफल हो । नेपालले यसअघि यही सिरिजमा २१८ रन बनाएको थियो ।
नेपालले सन् २०१९ मा भुटानविरुद्ध २३६ रनको योगफल तयार गरेको थियो । त्यो नै अहिलेसम्मको ठूलो योगफल थियो । तर नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले सर्वाधिक धेरै रन बनाउँदै कीर्तिमानसमेत रच्यो ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार