Logo

कञ्चनरुपबाट हलेसी दर्शनका लागि हिडेको बस दुर्घटना एक मृत्यु २२ जना घाइते (नामावलि सहित)

Kanchan 24 ११ बैशाख २०७८, शनिबार १८:२८ मा प्रकाशित

कञ्चनरुप ।
सप्तरीको कञ्चनरुपबाट हलेसी दर्शनका लागि हिडेको बस खोटङ्ग हलेसी तुवाचुङ नगरपालिका स्थित–बाहुनीडाँडा कदुवाको राँगाकाटे भिरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवाको मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् ।
बा ३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह चालक सिन्धुली घ्याङलेक गाउँपालिका १ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा कञ्चनरुप नगरपालिका–१२ का ३८ वर्षीय रमा नेपाल, १४ वर्षीय निश्चल नेपाल, कोपिला नेपाल, ७५ वर्षीय सिता नेपाल, ४१ वर्षीय प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तिहर, ४२ वर्षीय होम श्रेष्ठ, १५ वर्षीय रमा श्रेष्ठ घाइते भएका छन् ।
यसैगरी बसका चालक ४२ वर्षीय रबिन्द्र ठकुरी, १५ वर्षीय प्रजिता नेपाल, ३५ वर्षीय गीता श्रेष्ठ, ४० वर्षीय विमला पोखरेल, ३८ वर्षीय उर्मिला श्रेष्ठ, ६० वर्षीय लिला श्रेष्ठ, ५५ वर्षीय सुद्धीदेवी महतो, १८ वर्षीय सरिता श्रेष्ठ, ४० वर्षीय भिमा विश्वकर्मा, ६० वर्षीय कुलमान विश्वकर्मा, ३२ वर्षीय दिनेश गहतराज, ४१ वर्षीय प्रमिला श्रेष्ठ, ५० वर्षीय टेक श्रेष्ठ र ४५ वर्षीय उर्मिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ९ जना गम्भीर घाइते छन् । घाइतेलाई स्थानीय, प्रहरीचौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका टोलीले उद्धार गरेर उपचारका लागि उदयपुरको कटारी पठाइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार