Logo

नेपालमा कोरोना संक्रमित हुने ३ लाख ७ हजार ९सय २५

Kanchan 24 १४ बैशाख २०७८, मंगलवार १९:५२ मा प्रकाशित

वितेको २४ घन्टामा ४ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसंगै योसहित नेपालमा कोरोना भाइरस संक्रमित हुने व्यक्तिको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार देशभर १४ हजार ६७२ जनाको पिसिआर परिक्षण गर्दा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परिक्षण गर्दा १६० गरी कूल ४ हजार ५२४ जनामा भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घन्टामा १८ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म २ लाख ७८ हजार ५०६ जना संक्रमणमुक्त भएका छन् । तथ्याङ्कलाई विश्लेषण गर्दा कूल संक्रमितमध्ये ९० दशमलव ४५ प्रतिशत निको भएका छन् भने १ दशमलव शून्य ४ अर्थात ३ हजार १९४ जनाले ज्यान गुमाएका छन् । अहिले ८ दशमलव ५२ प्रतिशत अर्थात २६ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् ।


ट्रेंडिंग समाचार