Logo

सप्तरीको सप्तकोशी नगरपालिकामा बैशाख २१ सम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द रहने

Kanchan 24 १५ बैशाख २०७८, बुधबार २०:५६ मा प्रकाशित

वाई के रौनियार
कञ्चनरुप ।
सप्तरीको सप्तकोशी नगरपालिकाले बैशाख २१ गते सम्मका लागी अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द रहनेे  भएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण बढ्दो क्रममा रहेको सन्दर्भ उल्लेख गदै पालीकाबाट दिने अति आवश्यक सेवा वाहेक सबै सेवा वन्द हुने सूचनामा उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ नगरपालिको क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको तथा थप जोखिमको अवस्था रही रहेकोले सम्पूर्ण नगरबासीहरूलाई आवश्यक स्वास्थ्य मापदण्ड अवलम्बन गर्न, भिडभाड हुने कार्य नगर्न, अनावश्यक रूपमा घरबाट ननिस्कन, अत्यावश्यक अवस्थामा घर बाहिर निस्कनु पर्दा अनिवार्य मासंकको प्रयोग अनुरोध गरेको छ ।
सङ्क्रमणलाई समुदायमा विस्तार हुनबाट नियन्त्रण गर्न आवश्यक देखिएकोले सम्पूर्ण हाट बजार तथा भीडभाड हुने कार्य सञ्चालनमा रोक ’लगाइएको जनाएको छ । नगरपालिकाको वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू २०७८ बैशाख २१ गते मङ्गलबार सम्मका लागि बन्द गरिएको सूचनामा जारीगरको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार