Logo

भोलीदेखि आन्तरिक उडान बन्द, अन्तराष्ट्रिय उडान २२ वैशाखदेखि बन्द

Kanchan 24 १९ बैशाख २०७८, आईतवार २०:४५ मा प्रकाशित

सरकारले सोमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतवार (आज( को मन्त्रिपरिषद्को बैठकले भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्याल जानकारी दिइन ।
यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको उनले बताइन् । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतसँगै ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको अर्यालको भनाइ छ । “अरू देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ,” उनले भनिन् । अन्तराष्ट्रिय उडान २२ वैशाखदेखि बन्द गर्ने निर्णय गरेको हो यसबारे थप जानकारी केही समयपछि सार्वजनिक गरिनेछ मन्त्री अर्यालले बताइन् ।
सरकारले आन्तरिक उडान यथावत राखेर लामो दूरीका गाडीहरु मात्रै बन्द गरेको भनेर यातायात व्यवसायीहरु सरकारसँग रुष्ट भएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार