Logo

कोरोना संक्रमणले गर्दा राष्ट्रिय जनगणना स्थगित

Kanchan 24 २० बैशाख २०७८, सोमबार १४:३१ मा प्रकाशित

काठमाण्डौं ।
आगामी जेठको अन्तिम साताबाट सुरु हुने भनिएको राष्ट्रिय जनगणना २०७८ कोरोना संक्रमणका कारण स्थगित भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो । कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो । सरकारले प्रत्येक १०(१० वर्षमा जनगणना गर्दै आइरहेको छ । योपालीको जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो भने सङ्घीय नेपालको पहिलो राष्ट्रिय जनगणना हो । जनगणनाका कार्यका लागि आव २०७६्७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ ।

प्रत्येक १०्१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।ktm


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार