Logo

सप्तरीमा ४१ जना कोरोना भाइरसको संक्रमण पुष्टि

Kanchan 24 २० बैशाख २०७८, सोमबार १८:१७ मा प्रकाशित

अम्विका दहाल
राजविराज
सप्तरीमा ४१ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन भने सक्रिय संक्रमितको संख्या १३२ पुगेको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजस्थित प्रयोगशालामा सोमबार गरिएको ६५ जनाको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जितकुमार झाले जानकारी दिए ।
उनका अनुसार संक्रमण पुष्टि भएकामा १० जना महिला र ३१ पुरुष रहेका छन् । संक्रमण पुष्टि भएका ४१ जनामध्ये अधिकांश ४० वर्ष मुनिका रहेका छन् ।
संक्रमण पुष्टि भएका ४१ मध्ये एकजना गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत अहेब समेत रहेका छन् ।
६५ जनाको पिसिआर परिक्षण आउँदा ४१ जना पोजेटिभ देखिएको हो । राजविराज नगरपालिका–८ र ६ का ४–४ जना तथा वडा नम्वर १, ७ र ९ का १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी रुपनी गाउँपालिका–१ का ३ र २ का १ जना, राजगढ गाउँपालिका–३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका–१ का ३ र ८ का १ जना, कञ्चनरुप नगरपालिका–२ का ४ जनामा संक्रमण पुष्टि भएको झालेले बताए ।
यसैगरी, सप्तकोशी नगरपालिका–१ का २ जना, डाकनेश्वरी नगरपालिका–९, ७ र १० का १–१ जना, बोदे बरसाइन नगरपालिका–४ र ६ का १–१ जना, महादेवा गाउँपालिका–३ का २ जना, वडा नम्वर ४ का ३ जना र खडक नगरपालिका–४ का १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका सबै ४१ जना होमआइसोलेसनमै रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार