Logo

शव पोष्टमार्टमका लागि ल्याउदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु

Kanchan 24 २१ बैशाख २०७८, मंगलवार १७:०९ मा प्रकाशित

बैतडी
बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।जिल्लाको पञ्चेश्वर गाउँपालिका–६रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए। जीप सडकबाट करिब ५सय मिटर तल खसेको बताइएको छ।केटीएम दैनिकबाट


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार