Logo

कञ्चनरुप नपाको एक हप्ते सूचनाको अवज्ञा गर्दै हाटबजार पूर्णरुपमा खुल्ला ( फोटो फिचर )

Kanchan 24 २१ बैशाख २०७८, मंगलवार १७:५३ मा प्रकाशित

वाई.के. रौनियार
कञ्चनरुप ।
अत्यावश्यक बाहेकका सबै हाटबजारहरु पसल बन्द गर्न कञ्चनरुप नगरपालिकाले भनेको भए पनि अवज्ञा गर्दै हाट बजार पूर्णरुपमा खुल्ला रहेका छन ।
कञ्चनरुप नगरपालिकाले हिजो सोमवार एक सूचना जारी गरी नगर भरिका अत्यावश्यकका पसलहरु वाहेक सबैखाले पसल तथा हाट बजार र गुद्रि बन्द गर्न अनुरोध गरेको थियो तर सोको अवज्ञा गर्दे नगरका विभिन्न बजारहरु खुल्ला रहेका छन ।
कञ्चनपुर बजार पूर्ण रुपमा खुल्ला रहेको र मानिसहरुको भिड भाड रहेयो, त्यस्तै रुपनगरका अधिकांश पसलहरु खुल्ला रहे, नगरका अन्य स्थानहरु सिमरा , वेरियर बलुवा बरमझिया लगायतका बजारहरु खुलला नै रहे ।


विस्वब्यापी रुपमा फैलिएको कोभिद १९ को दोस्रो भेरिएन्टको संक्रमणलाइ मध्यनज कन्चंरुप भित्रका र गर्दै हिजो बसेको नगरपालिकाको सर्वपक्षीय भेलाबाट सो निर्णय गरेको थियो । नगरक्षेत्रभित्रका कंचनपुर बजार , बरमझिया हटिया , पोटरी हटिया , बलुवा हटिया ,रुपनगर हटिया , बरदहट्टा हटिया, सिमरा हटिया , बकसाहा हटिया , बेन्ग्री हटिया र सबै गुन्द्री बजारहरु २७ गतेसम्म अर्को सुचना नआएसम्मका बन्द रहने सुचना जारि गरिएको छ । त्यस्तै नगरक्षेत्रभित्रका खाना खुवाउने होटलहरु बिहान ८ देखि ११ बजे सम्म र बेलुका ४ बजे देखि ८ बजे सम्म खुल्ला रहने , मदिरा पसल र रेस्टुरेन्टहरु दिउसो १ देखि साझ ६ बजे सम्म खुल्ला रहने , औसधि पसलबाहेक अन्य सबै पसलहरु बिहानको ६ बजे देखि बिहान ११ बजेसम्म मात्र खुल्ला रहने , कृषकले उत्पादन गरेको सागसब्जिहरु स्वास्थ्यको मापदण्ड पुरा गर्दै घुम्ती रुपमा घर घरमै पुगेर बिहानको ६ बजे देखि ११ बजेसम्म बिक्रि गर्ने , साथै विदेशबाट आएका नागरिकहरु अनिवार्य रुपमा १० दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने र सवास्थ्यको मापदण्ड पूर्ण रुपमा पालाना गर्नु पर्ने र नगरेमा कारवाही गरिने पनि सुचनामा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार