Logo

राजगढ गाउँपालिकामा कुटपिटबाट मृत्यु भए बुधु सदा परिवाको विचली

Kanchan 24 २१ बैशाख २०७८, मंगलवार १९:४० मा प्रकाशित

महेन्द्र सदा
पातो ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ५ मलेखपुर मुसहरी टोलका बुधु सदा कुटपिटबाट मृत्यु भए पछि परिवारको विच्ली भएको छ ।
७ जनाको परिवार रहेको सदा काज किरीया गर्न समेत गारो भएको मृतककी श्रीमति प्रमिला सदाले दुखेसो गरिन ।
मृतककी पत्नी प्रमिलादेवीका अनुसार गत ९ वैशाखमा छिन्नमस्ता गाउँपालिका–७ का ठेकेदार रमेश यादवले ४५ वर्षीय बुुधुलाई भारतको जमुनानगरस्थित प्लाइउड कम्पनीमा मजदुरी गर्न लगेका थिए । पाँच दिनपछि १४ वैशाखमा खाना खाने विषयमा विवाद भएपछि ठेकेदार यादवसहित चारजनाले बुधु सदामाथि निर्घात कुटपिट गरेका थिए ।
१६ वैशाख बिहान ३ बजे रमेशले फोन गरेर बोर्डरमा आउन भनेपछि छोरा र भतिजालाई लिएर जाँदा मुख्य बाटोमा प्रहरी छ, जान दिँदैन भन्दै चौरबाट लिएर जान भनेको प्रमिलाले बताइन् । प्रमिलाले भनिन्, ‘ठेकेदार रमेशले बुधु बिरामी छ, घर लिएर जानु भन्दै त्यहीँबाट पुनः भारत नै फर्किए । हामी सबैजना मिलेर काँधमा बोकेर धानखेतको बाटोबाट घर ल्यायौँ ।’


प्रमिलाका अनुसार काम गर्दा खाना मागेपछि ठेकेदारको समूहले बुधुलाई फलामको साङ्लोले बाँधेर निर्घात कुटपिट गरेका थिए । ‘अघिल्लो दिन पनि तरकारीविना निस्तै भात खान दिएको र अर्को दिन पनि त्यस्तै खाना खान दिएपछि उहाँले काम गर्ने मान्छेलाई सधैँ विनातरकारीको खाना खान दिएर कसरी काम गर्न सकिन्छ ? भनेपछि ठेकेदारको समूहले मरणासन्न हुने गरी कुटेछन्,’ प्रमिलाले भनिन् ।
२० वर्षका धिरेन्द्र सदा, १२ बर्षका संतोष सदा, १६ बर्षर्की भगवती सदा, १३ बर्षर्की रानी सदा र बुहारी पार्वती सदा तथा २ वर्षे नाती कार्तिक सदा छन ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार