Logo

कञ्चनरुप नगरपालिका सिल आवत जावत पूर्ण बन्द

Kanchan 24 ३१ बैशाख २०७८, शुक्रबार १५:४३ मा प्रकाशित

कञचनरुप ।
कोरोना उच्च जोखिम र संक्रमण दरको मध्यनजर गर्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल गरिने भएको छ ।
कञ्चनरुप नगरपालिका भित्र कोरोनाको संत्रमण तथा मृत्यु दर अन्य पालिकाको तुलनामा जिल्ला मै अगाडि भएको तथ्यलाई मध्धनजर गर्दे जिल्ल्ला संकट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय भएको हो ।
आज (शुक्रवार) प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र ले कञ्चनरुप सबै वडाहरु सिल गरेर आवतजावत नियन्त्तण गर्ने निर्णप भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बिहीबार ४८ जनाको पीसीआर जाँच गर्दा ३७ जनामा कोरोना संक्रमित पाइएको छ ।कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय २५ जना पुुगेको छ ।
कञ्चनरुप नगरपालिकाको समुदाय स्तरमा ब्यापक रुपमा फैलिरहेको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रणका लागी एक सप्ताह स्वास्थ्य सेवा वाहेक सम्पुर्ण सेवा बन्द गरेको छ ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार