Logo

सप्तरीमा अक्सिजन प्लान्ट निर्माण हुने

Kanchan 24 १ जेष्ठ २०७८, शनिबार १९:०४ मा प्रकाशित

अम्विका दहाल
राजविराज, जेठ १ । सप्तरीको छिन्नमस्ता अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न पहल सुरु भएको छ ।
जिल्ला समन्वय समितिमा बसेको बैठकबाट सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नकागीको अस्पताललाई जिल्लाको कोभिड(१९ राहत तथा विपद्‌ व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट पछि सोध भर्ना हुने गरी ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रलाई गराउने, स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयार नगरेको भए अविलम्ब तयार गर्ने निर्णय समेत गरएको छ । भएको बैठकका सहभागी स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
नेपाल सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकोले अस्पतालमा भर्ना भएका विरामीलाई १० दिनको उपचारपछि ३ दिनसम्म कुनै लक्षण नदेखिएमा पिसिआर नगरी एक साता होम आइसोलेसनमा बस्रे सर्तमा घर पठाउने व्यवस्था अस्पतालले मिलाउने, आइसोलेसनमा १४ दिनसम्म बसिसकेकालाई दोश्रो पिसिआर नगराइ होम आइसालेनमा पठाउने सहितका निर्णयहरु भएको उनले बताए ।


ताजा समाचार
ट्रेंडिंग समाचार