Logo

कोभिड–१९ संक्रमित उपचारपछि निकोहुनेको संख्या बढदै

Kanchan 24 १८ जेष्ठ २०७८, मंगलवार १९:३९ मा प्रकाशित

कचनरुप ।
पछिल्लो २४ घण्टामा थप ७ हजार ९८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या चार लाख ५३ हजार ५४४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन भने २४ घण्टामा २० हजार १३५ जनाको स्वाब परीक्षण गरिएको छ ।
वितेको पछिल्लो २४ घण्टामा ६८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोनाबाट ६८ जनाले ज्यान गुमाएका हुन् । सोमबार देशभर ११४ जनाको मृत्यु भएको थियो ।


ताजा समाचार
ट्रेंडिंग समाचार