Logo

आज ५ हजार ९सय ४ ले जिते कोरोना ,७५ जनाको मृत्यु

Kanchan 24 २० जेष्ठ २०७८, बिहीबार १७:२१ मा प्रकाशित

कञ्चनरुप ।
पछिल्लो २४ घण्टामा थप ५ हजार ९ सय ४ जना कोरोना संक्रमित उपचारपछि निको भएसँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदा संक्रमितको हुनेको संख्या ५ लाख ८६ हजार ५०९ पुगेको छ ।
२४ घण्टा भित्र थप ७५ जना संक्रमितले ज्यान गएको छ । योसँगै हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टीजेन विधिबाट कोभिड–१९ को संक्रमण परीक्षण गरिएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार