Logo

विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु

Kanchan 24 २० जेष्ठ २०७८, बिहीबार १८:३९ मा प्रकाशित

कञ्चनरुप।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।
डाक्नेश्वरी ३ तरही की ५५ वर्षीया पल्ली इनरदेबी राय तरकारीबाली जोगाउनको लागि बनाइएको विदुतिय धरापमा करेन्ट लागेर मृत्यु भएको हो करेन्ट लागेर इनरदेबीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । महिलाको शवलाई पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार