Logo

सप्तरीको रुपनीमा एक जनाको मृत्यु ,दुईजना घाईत

Kanchan 24 ६ असार २०७८, आईतवार १२:४३ मा प्रकाशित

कञ्चनरुप।
सप्तरीको रुपनी गाउँपालिका ३ मा ट्युबवेल (चापाकल) जमिनमा गाडदै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन ।
रुपनीको कटैयामा ट्युबवेलका लागी जमिनमा फलामको पाईप गाडदै गर्दा झुन्डिएको विद्युती तारमा फलामको पाइप छोइएर करेन्ट प्रभावह हुँदा स्थानीय सञ्जिब लौगी को मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले बताए ।
हिजो साँझ स्थानीय बचाइ माझीको घरमा ट्युबवेल जडान गरिरहेका सञ्जिबलाई करेन्ट लागे पछि भुईंमा छटपटाएको देखेर छोडाउन गएका उनका दाजु सुरेन्द्र र बचाइका छोरा शिवकुमार माझी पनि करेन्ट लागेर घाइते भएका छन् । दुवै घाईतको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपभार भइरहेको छ भने मृतको शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार