Logo

आजबाट तेस्रो चरणको युरोकप फुटबल सुरु हुदै नेपाली समयानुसार राती पौने १० बजे

Kanchan 24 ६ असार २०७८, आईतवार १४:२६ मा प्रकाशित

एजेन्सी । युरोपका बिभिन्न ११ राष्ट्रमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुदैछ । पहिलो दिन आज तेस्रो चरणका २ खेल हुनेछन् । आजका दुबै खेल समुह ए का रहनेछन् । एकै समयमा हुने खेलमा ईटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की प्रतिस्पर्धा गर्नेछन् ।
ईटालीले रोममा वेल्सलाई आतिथ्यता प्रदान गर्ने छ । नेपाली समयानुसार राती पौने १० बजे हुने खेलमा घरेलु टोली लगातार तेस्रो जितसंगै समुहचरणमा शतप्रतिशत नतिजा हात पार्ने प्रयासमा रहेको छ । यसअघिका २ खेलमा जित निकाल्दै ईटाली नकआउटचरणमा प्रबेश गरिसकेकाले आज उ दबावमुक्त रुपमा मैदान उत्रने छ । एक जित र एक बराबरीसंगै ४ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको वेल्सपपनि ईटालीलाई हराउदै नकआउट चरण प्रबेशको योजनामा रहेको छ । यो खेलले समुह एको विजेता टोलीको टुंगो लगाउनेछ ।
यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्की आमने सामने हुनेछन् । वाकुमा हुने खेलमा स्वीजरल्याण्ड स्पष्ट जितको खोजीमा रहने छ । उसले टर्किलाई पराजित गर्दै ईटालीले वेल्सलाई हराए नकआउट चरण प्रबेशको संभावना कायमै रहनेछ । स्वीजरल्याण्ड २ खेलमा १ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । सुरुवाती दुबै खेलमा हार भोगेको टर्की प्रतियोगीतामा पहिलो अंकको खोजीमा


ताजा समाचार
ट्रेंडिंग समाचार