Logo

कोरोना सङ्क्रमित २ हजार ४४२ निको हुने ३ हजार ९८४
आज ज्यान गुमाउनेको सङ्ख्या ५१

                     
Logo ६ असार २०७८, आईतवार २०:०३    

काठमाडौं, ६ असार ।

वितेको २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको ५ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस ब्रिफिङमा देशभरका प्रयोगशालामा ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश १ हजार ४२१ र १ हजार २१ गरेर कूल २ हजार ४४२ जनामा सङ्क्रमण देखिएको छ ।

आज ३ हजार ९८४ जना सङ्क्रमणमुक्त भएका छन् भने ५१ जनाको निधन भएको छ । आज ज्यान गुमाउनेको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत जोडिएको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ हजार ५३२ पुगेको छ । जसम्धे होम आइसोलेसन वा एकान्तबासमा बस्नेको सङ्ख्या ५१ हजार ८३३ रहेका छन् भने संस्थागत आइसोलेसनमा अर्थात अस्पतालमा उपचार गर्नेको सङ्ख्या ३ हजार ६९९ रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले जनाकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?