Logo

ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा पक्राउ

Kanchan 24 ६ असार २०७८, आईतवार २०:१७ मा प्रकाशित

काठमाडौं, ६ असार ।
आफूलाई सामाजिक अभियान्ता दावी गर्ने ज्वाला संग्रौलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला वाइवालाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन शुरु भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो । आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो ।


ताजा समाचार
ट्रेंडिंग समाचार