Logo

सप्तरीमा जारी निषेधाज्ञा केहि खुकुलो

Kanchan 24 ७ असार २०७८, सोमबार १९:३५ मा प्रकाशित

कञ्चनरुप।
सप्तरी भरी लामो समय देखी जारी निषेधाज्ञा जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सुचाना प्रकासन गर्दै केहिकमत्रा खुलाउने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको बैठकले कोभिड–१९ नियन्त्रण गर्न का लागी प्रकाशीत सूचनाअनुसार असार ८ गते मंगलवार विहान १० बजेदेखि साँझ ७ बजेसम्म
खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका पसलहरु खोलन पाईने जनाएको छ भने होटेल, सैलुन, ब्यूटी पार्लर, जिम क्लव, सिनेमा हल जस्ता पसलहरु खुलाउन पाईने छैन ।
सूचनाअनुसार बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन हुने सवारी साधन सञ्चनलन गर्न पाईने छैन । जिल्ला भित्र निजी सवारी जोर–विजोर प्रणालीबाट सञ्चालन हुनेछ । स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यालयहरुले भीडभाड नहुने गरी सञ्चनलगर्न सकिने उल्लेख छ । कार्यतालिकाको सूची जिल्ला प्रशासनमा पेश गर्ने असार ११ गते शुक्रवार विहान ११ बजेसम्म तोकिएको छ सोको आधारमा असार १३ गतेबाटकार्यालयहरु सुचारु गर्न सूचना उल्लृख छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार