Logo

कञ्चनरुपलाई कोभिड १९ को न्यूनिकरणका लागी स्वास्थ्य सामग्री सहयोग

Kanchan 24 १८ असार २०७८, शुक्रबार १९:१५ मा प्रकाशित

कञ्चनरुप,१८ असार ।
दलित सरोकार मञ्च नेपालले चुुजी च्यारिटी फाउण्डेशन ताइवानको सहयोगमा कञ्चनरुप नगरपालिकालाई विविन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को न्यूनिकरण तथा जोगिनका लागि दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८,सप्तरीको समन्वयमा चुुजी च्यारिटी फाउण्डेशनताइवानको सहयोगमा शुुक्रबा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
नगरपालिकामा एक कार्यकक्रमका बीच प्रमुख वसन्त कुमार मिश्रलाई १० लिटरको अक्सीजन कन्सट्रेटर २थान, पिपिई सेट एक हजार, एन ९५ माक्स ५ हजार,मेडिकल माक्स १० हजार, ग्लोबस १० हजार, ५ लिटरको सेनिटाईजर ४० जार, प्लस अक्सिमिटर एक सय थान लगायतका समाग्रहीहरु उपलब्ध गराएको दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले बताए ।
वडा नं. ८मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक थान भेन्टिलेटर,एक थान भिडियो एक्सरे र एक थान डिजिटल एक्सरे लगायतका अन्य स्वाथ्य समाग्रीहरु हस्तान्रण गर्ने तयारी रहेको पासवानल बताए ।


स्वास्थ्य सामग्री ग्रहण गर्दै नगर प्रमुख मिश्रले भने दाताबाट प्राप्त स्वास्थ्य सामग्रीलाई पार्दशितरिकाले कोरोना नियन्त्रण कार्यमाप्रयोग गर्ने प्रतिबद्धता जनाएका छन । ‘ जनताको अधारभूत स्वास्थ्य जाँचका लागि भिडियो एक्सरे, डिजिटल एक्सरे र सर्प दंश सेवा संचालनका लागि भेन्टिलेटर सहयोगले धेरै ठूूलो सहयोग भएको छ र कोरोनाको दोस्रो लहरमा जिल्लामा सबै भन्दा बढी संक्रमित र मृत्युु हुने यसै नगरपालिकामा भएकाले अगामी दिनमा पनि थप सर्तकताअपनाउनकालागि स्वास्थ्य सामग्रीले महत्वपूर्ण योगदानहुने बताए ।
कार्यक्रममा उपप्रमुख निरु पोखरेल,प्रमुुख प्रशासकीय अधिकृत नवराज खडका,प्रशासन फाटका संयोजक राजेश यादब,स्वाथ्य शाखाका संयोजक रामसेवकयादब,सह–संयोजक डम्बर प्रसाद गुप्ता ,दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरिया,जिल्ला संयोजक राजकुुमार पासवान,लेखाअधिकृत अमित गुप्ता,बालकुुमारी चौधरी,कार्यक्रम सहायक अनिता कुमारी खंग,पत्रकार ,गायतको सहभागिता रहेको थियो ।
यस्तै गरी दलित सरोकार मञ्चल सप्तरीले सिराको कर्जन्हा नगरपालिकालाई करिब ८० लाख बराबरको विविध स्वास्थ्य समाग्रीहरु प्रदा गरेको हो । भोलापानका अनुसार चुजी फाउनडेसन ताइवानको सहयोगमा अक्सीजन कन्सट्रेटर २० थान, ऐन्टीजेन टेस्ट किट २५ सय, पिपिई सेट ५ सय, एन ८५ माक्स १ हजार पिस, मेडिकल माक्स १० हजार, २५ सय ग्लोबस, ५ लिटरका सेनिटाईजर ५० जार,प्लस अक्सिमिटर ५० थान,थमएलगन ५० थानलगायत समाग्रहीहरु हस्तान्तरण गरिएको जानकारी दिए ।


ट्रेंडिंग समाचार